Websoft University

विश्वभर भोकमरी फैलिने खतरा


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम,संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको चेतावनी दिएको छ । डब्लूयूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन अहिले नै तत्काले त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताउनुभयो । एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ । डब्लूयूएफपीका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका १० मुलुकमा भोकमरीको जोखिम उच्च देखिएको छ । यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी सबैभन्दा प्रभावित बन्न सक्ने डब्लूयूएफपीले बताएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.