Websoft University

मेचीनगर प्रवेश गर्नेको हातमा होम क्वारेन्टाइन छाप लगाइने

  

काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम,शका अन्य स्थानबाट झापाको मेचीनगर नगरपालिका क्षेत्र प्रवेश गर्ने जो कोहीको हातमा ‘होम क्वारेन्टाइन लेखिएको छाप‘ लगाइने भएको छ । 

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर मेचीनगर नगरपालिका प्रवेश गर्नेलाई पुर्व पश्चिम राजमार्गको मेचीनगर १३ स्थीत चारआली चोक पश्चिम पट्टि बिशेष निगरानी गरेर मात्रै प्रवेश गर्न दिईने ब्यवस्था मिलाईएको मेचीनगरका नगरप्रमुख बिमल आचार्यले बताउनु भयो । 

नगरप्रमुख आचार्यका अनुसार लकडाउनको समय लम्बिदैं जाँदा काठमाण्डौ सहित देशका बिभिन्न भागबाट घर फर्किनेक्रम बढेको अवस्थामा कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाले आफ्नो नगरमा आउने सबै जनालाई चारआलीमा नै स्वास्थ्य परिक्षण लगायतका ब्यवस्थापन गरेर मात्रै प्रवेश गर्न दिईने भएको छ । 

मेचीनगरका नागरिकको हकमा स्वास्थ्य परिक्षण, २१ दिने होम क्वारेन्टाईन बस्न फारम भराउने, होम क्वारेन्टाईन बस्ने मानिस भनेर चिनिने गरी हातमा छाप हान्ने र सम्बन्धी वडा कार्यालयको जिम्मामा सुरक्षीत बस्ने गरी घर पठाउने ब्यवस्था शुरु गरिएको नगरप्रमुख आचार्यले रेडियो साथीसंगको कुराकानीमा बताउनु भयो । 

भारतसंगको नाका बन्द रहेकाले पश्चिम तर्फको नाकामा मात्र बिशेष कडाइ गरिने भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.