Websoft University

अनियमितताबारे संसदीय समितिले छानबिन सरु



काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम,प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन थालेको छ । लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेखेर स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयको निर्देशनका कारण स्वास्थ्य सेवा विभागले नियमित टेण्डर प्रक्रिया रद्द गरी छलफलबाट सोझै औषधि आपूर्ति गर्ने निर्णय गरेको थियो । बजार मूल्यभन्दा महंगोमा खरिद भएको, प्रक्रिया मिचिएको अनि सेटिङमा खरिद भएको भनी चौतर्फी आलोचनापछि खरिद रद्द भएको थियो । 

ओम्नी समूहले पहिलो लटमा मात्रै केही सामग्री आपूर्ति गरेको थियो । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि छानबिनको प्रक्रियाका लागि समितिले अग्रसरता लिएको समिति सभापति भरत शाहले जानकारी दिनुभयो  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.