Websoft University

भारतमा कोरोना भाइरसका कारण ८ सय २५ को मृत्यु


काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । 

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार ५ सय पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ दुई हजार दुई सय नयाँ संक्रमित थपिएका हुन् । सबैभन्दा बढी महाराष्ट्रमा अहिलेसम्म तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । 

त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.