Websoft University

भुल्के सँगै जोडिएको मोथिहाईमा संक्रमण हुन सक्ने आंशकामा ७८ जनाको स्वाब जचाउदा रिपोर्ट नेगेटिभ आयो


श्याम राई-उदयपुर-गाईघाट बैशाख १३ गते । रातो तारा डट कम,प्रयोशालामा पठाईएका सबै थ्रोट (स्वाब)को  रिपोर्ट नेगेटिभ आएको छ । त्रियुगा नगरपालिका–३ भुल्के नजिकैको मोथिहाई र कोरोना संक्रमीत भारतीय जमाती बसेको शिवाई सुरक्षित पाईएको हो । 

जमाती बसेको उक्त क्षेत्रबाट केही दिन अघि स्थानीयको स्वाब परिक्षण गर्न धरान र विराटनगर पठाईएको थियो । बैशाख ५ गते पहिलो पटक भुल्के मस्जिदमा लुकेर बसेका १२ चारतीय र ४ जना नेपाली जमातीका कोरोना संक्रमण भेटिएकोथियो । उनीहरु बसेको खुलेपछि सिवाई र भुल्के सँगै जोडिएको मोथिहाईमा संक्रमण हुन सक्ने आंशकामा दुबै बस्तीबाट ७८ जनाको स्वाब गत विहीबार प्रयोगशाला ठाईएको थियो।

शनीबार आएको सबै रिपोर्टमा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । शिवाई ५ महिला सहित ५८ जना र मोथिहाईमा ४ महिला सहित २० जना सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । उनीहरुसँगै १४ महिला सहित २७ स्वास्थ्यकर्मीको पनि नेगेटिभ रिपोर्ट आएको छ ।

उनले सबैको थ्रोट स्वाब नमूना संकलन पिसीआर विधीबाट परिक्षण गरिएको बताए । भुल्केबाट १२ भारतीय सहित २८ जनामा कोरोना संक्रमीत भेटिएको थियो । उनीहरले नै कोरोना फैलाएको आंशकागरि उनीहरु बसेको र सम्पर्क गरेको क्षेत्रबाट स्थानीयको स्वाब संकलन गरिएको प्रमुख सुवेदीले बताए । जमातीले वा अन्य कुनै व्यक्तिबाट कोोना फैलिएको हो  भन्ने बारे यकिन गर्न स्वाब परिक्षण गरिएको उनले बताए ।

त्यसैगरि बेलका नगरपालिको मैनामैनीबाट ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भोजपुरमा भेटिएका संक्रमीत एक युवा बसेको मैनामैनीबाट उनका आफन्त ५ जनाको स्वाब परिक्षण गर्न धरान लगिएको थियो । कटारी नगरपालिकाको २ जना को भने अझै रिपोर्ट आएको छैन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.