Websoft University

मन्दिरको जिर्णोद्दार काम पुनः सुरु


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,लकडाउन सुरु भएसँगै रोकिएको भक्तपुरको विश्व प्रसिद्ध पाँच तल्ले मन्दिरको जिर्णोद्दार काम पुनः सुरु भएको छ । वर्षाको समय सुरु हुनु अगावै जिणोद्दद्धार पूरा गर्न नसके विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाँच तल्ले मन्दिर जिर्ण हुने भएकाले लक डाउनको समयमै जिर्णोद्दारको कार्य गर्नुपरेको पाँच तल्ले मन्दिर जिर्णोद्दार उपभोक्ता समितिले जनाएको छ । भूकम्प गएको ५ वर्षमा गत मंसिरबाट सुरु गरेको मन्दिर भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट जिर्णोद्दार सुरु गरेको हो । १९९० सालको महाभूकम्पबाट पाँचौ तल्ला भत्किएको मन्दिर २०५६ सालमा पनि जिर्णोद्दार गरिएको थियो । तीन सय वर्षदेखि भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाको अतुलनीय धरोहरको रुपमा रहेको छ । लक डाउन प्रभावित भक्तपुर नगरका कृषकहरुका लागि भक्तपुर नगरपालिकाले प्रति कृषक एक पाथीका दरले धानको बीऊ आजदेखि निःशुल्क वितरण थालेको छ । नगरपालिकाले वडा वडामा परिचालन गरेका स्वयंसेवकहरुबाटै कृषक समुदायको घर घरमा धानको बीऊ वितरण थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.