Websoft University

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँमात्र तोकियो


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गहुँको समर्थन मूल्य तोकेको हो । सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७४÷०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५ सय ७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन । गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन बन्दाबन्दी हटाउने वा लम्ब्याउने बारेमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन । आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित आजको बैठक सकिएको एक मन्त्रीले जानकारी दिए । सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । तेस्रो पटक थपिएको बन्दाबन्दीको समय यही वैशा १५ मा सकिदैछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.