Websoft University

सुन्दरहरैंचामा भेटिए लुकिछिपी बसेका ३ जना भारतीय मुसलमान


बिराटनगर बैशाख ११ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा लुकेर बस्दै आएका तीन जना भारतीयलाई नियन्त्रणमा लिएर पूर्वाञ्चल विश्वविद्यालयस्थित शिक्षण अस्पतालको क्वारेन्टाइनमा लगिएको छ । 

सुन्दरहरैंचा ९ मा कवाडीको काम गर्दै आएका व्यक्तिहरुसँग ३ जना अपरिचित व्यक्ति केहि दिनदेखि लुकिछिपि बस्दै आएको थाहा पाएका स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि प्रहरी र नगरपालिकाको पहलमा आवश्यक चेकजाँचका लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँस्थित शिक्षण अस्पतालको क्वारेन्टाइनमा लगिएको हो । 

उनीहरु सबै भारतको बंगालका मुस्लिम समुदायका हुन् । उनीहरु काठमाडौंको बालाजु क्षेत्रमा गुडिया लगायतका समान विक्रि गर्दै आएको र केही दिन अघि मात्र लुकिछिपी सुन्दरहरैैंचा आइपुगेको पाइएको सशस्त्र प्रहरी सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराईले जानकारी दिनुभयो ।

यसरी नियन्त्रणमा लिइएकाहरुमा भारतको बंगालका ३८ वर्षीय साइदुल विश्वास, ४० वर्षीय बच्चु शेख र ४० वर्षीय आशिष खान रहेको उहाँले जानकारी दिनुभयो । शिक्षण अस्पतालका डाइरेक्टर विपेश आचार्यले तीनै जनाको स्वाथ्य अवस्था सामान्य रहेकाले नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई कहाँ पठाउने भन्ने विषयमा निर्णय लिइने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.