Websoft University

उपभोक्ता ठग्नेलाई कालोबजारीको अव मुद्दा लाग्ने



काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,बजारमा अत्यवश्याक वस्तुको कृत्रिम अभाव सृजना गर्ने व्यपारीलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाउन उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । उपभोक्ता अधिकारको विषयमा लामो समयदेखि पैरवी गर्दै आएका उपभोक्ता हित संरक्षण मञ्च र उपभोक्ता अधिकार अनुसन्धान मञ्चले छुट्टाछुट्टै विज्ञाप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

अत्यवश्यक वस्तुको कालोबजारी गरेर बढी नाफा लिनेलाई जरीवाना मात्रै गर्दा झन बढी नाफा कमाउन प्रोत्साहन मिल्ने उनीहरुको दाबी छ । ‘ग्यास, चामल, स्यानिटाइजर, मास्क जस्ता वस्तुको कृत्रिम अभावसँगै कमसल वस्तु बजारमा पठाएर उपभोक्ता ठगिएको घटनाप्रति मञ्चको गंभिर ध्यानाकर्षण भएको छ,’ उपभोक्ता अधिकार संरक्षण मञ्चद्धारा जारीे विज्ञप्तिमा उल्लेख छ । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चले कोरोना र यसको रोकथामका विषयमा सामाजिक सञ्जालमार्फत भएका गलत प्रचार रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । मञ्चले ग्यास, औषधि र मास्का जस्ता वस्तुको उपलब्धताबारे सरकारले स्वेत पत्रजारी गर्नु पर्ने माग गरेको छ । 

उनीहरुले विशेष अधिकारसहित बजार अनुगमन संयन्त्र बनाउन पनि सरकारलाई आग्रह गरेका छन् । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले बजारमा कैफियत गर्नेलाई पक्राउ गर्नेसम्मको अधिकार दिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.