Websoft University

चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माण गर्ने



काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,काठमाडौँस्थित चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको 
छ । 
नगरप्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो । नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुंगामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख गिरीले बताउनुभयो । 

नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगा–कलंकी सडकखण्डमा सिसी टिभीसमेत जडान गर्न लागेको छ । सिसी टिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ । 

नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । नगरपालिका बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका 
हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.