Websoft University

ठुलो जनसंख्या क्वारेन्टाइनमा राख्ने इटली सरकारको निर्णय


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,इटालीको उत्तरी क्षेत्रमा एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । 

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाइ गर्ने एक योजनामा हस्ताक्षर गरेको बताउनुभएको छ । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमा घर, संग्रहालय, थिएटर सबै बन्द गर्न भनिएको छ । 

कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले उल्लेख गर्नुभएको छ । इटालीका अखबार कोरियर डेला सेरा र अन्य सञ्चारमाध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबर प्रकाशन गरेका छन् । इटालीमा कोरोनाकै कारण झण्डै दुइ सय ३० जनाको मृत्यु भइसकेको छ । 

चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । विश्वव्यापी रूपमा, कोरोना संक्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म तीन हजार पाँच सय जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.