Websoft University

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) र सुनसरीका पत्रकार बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न


शिव भट्टराई फागुन २५ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) र सुनसरीका पत्रकार बिच  अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।आईतबार भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) का अध्यक्ष गुणराज लुइँटेलले विकास पत्रकारिता अहिले आवश्यकता रहेको बताएका छन् । 

लामो समयदेखि पत्रकारिता गर्दै विदेशमा बस्दै आएका पत्रकारहरूको संस्थाका अध्यक्ष लुइँटेलले इटहरीको पत्रकारहरू सँगको भेटघाटमा नेपाली पत्रकारितामा विकास पत्रकारिताको आवश्यकता रहेको बताएका छन् ।

विराटनगरका पत्रकार कमल पौडेललाई लागेको ब्लड क्यान्सरमा लडिरहेको बेला इन्जाले विभिन्न माध्यमबाट १४ लाख रुपैयाँ सङ्कलन गरेर समेत दिएको लुइँटेलले जानकारी गराएका थिए । 'नेपाल भित्र एउटा नेपाल छ, नेपाल बाहिर पनि एउटा नेपाल छ, हामी नेपाल बाहिर बाट नेपाललाई हेरिरहेका हुन्छौ' लुइँटेलले भने 'नेपाली पत्रकारहरूलाई दुख पर्दा हामी सदैव साथमा हुन्छौ ।'

इटहरीका पत्रकारहरुसंग अन्तरक्रियाका क्रममा विकास पत्रकारिताको प्रवर्धनमा लाग्नु पर्ने धारणा लुइँटेलको छ । इनटुरिस्ट होटेलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष अमर खड्का प्रेस सङ्गठन प्रेस युनियनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

केहि दिन अगाडी इन्जाले आछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई एक हजार अमेरिकी डलरको सामुदायिक पत्रकारिता पुरस्कार दिएको थियो । ढुंगाना कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंह हिमाल खबर साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षकका समाचारका लागि संयुक्त रूपमा पुरस्कृत भएका थिए ।

शोही कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको सहयोगार्थ गोफण्डमा सड्ड्कलित १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ र कार्यक्रमस्थलमै सङ्कलित तीन लाख रूपैयाँ हस्तान्तरण गरेको थियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.