Websoft University

महिला रोकिए संसार रोकिन्छ-११० ओैं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना


 लघुकथा= गृहिणी, 
सुशीला सुवेदी पाठक-बिराटनगर । रातो तारा डट कम,महिला रोकिए संसार रोकिन्छ-सन्दर्भ,११०ओैं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना,सहित घरेलु सेवामूलक कामको पनि सम्मान गरौ।

एकजना ठुला ब्यापारी महासयले छोटो समयमा राम्रो प्रगति गरेका थिए।उनको जिवनकथा समेटेर सफलताको कथा बनाउन एकजना पत्रकार आए अन्तरबार्ता लिन।

पत्रकार ले सोधे,"सर तपाई त असाध्यै मेहनति र सफल हुनुभएको छ।कपडा पनि कति सफासुघ्घर र चिटिक्क पारेर लगाउनु भएको छ ।के तपाई आफ्नो काम आफै गर्नुहुन्छ?" महासयले मुसुक्क हासेर भन्नुभयो,"होइन मेरो श्रिमतिको दिनभरि केही काम छैन उनैले मेरो कपडा धोइदिने,आइरन गरिदिने काम गर्छिन।"

पत्रकारले फेरि सोधे ,"सर निकै स्वस्थ्य फुर्तिलो देखिनु हुन्छ यसको राज के हो त?" महासयले भन्नुभयो ,"म शुद्ध र अर्गानिक खानेकुरा, दूध ,तरकारी र फलफुल खानेगर्छु तसैले हो।" पत्रकारले सोधे ,"यो त राम्रो कुरा हो नि कतिखेर समय निकाल्नु हुन्छ यो सब काम गर्ने?कि मान्छे राख्नु भएको छ?" महासयले गमक्क पर्दै भने",का मान्छे राख्नु? म त झन पटक्कै भ्याउदिन।मेरी श्रिमतीको दिनभरि केही काम छैन उनैले बारिमा सब्जि, तरकारि ,फलफुल रोप्छिन।उनैले शुद्ध दूध खान गाई पनि पालेकि छन।"

पत्रकारले फेरि प्रश्न गरे," छोराछोरी पनि राम्रो पढेर अगाडि वढ्दै रहेछन उनिहरुलाइ त समय निकालेर पढाउने गर्नु भएको होला नि?" "का म भ्याउनु मेरि श्रिमतीको दिनभरि काम छैन सबै रेखदेख ,पढाउने काम उनैले गर्छिन।पाहुना, घर सबै उनैले हेर्छिन।"महासयले भने।

पत्रकारले फेरि सोधे,"भनेपछि तपाइँको सफलताको राज तपाईंको श्रीमती होइन त?" महासयले हतार गर्दै भने,"उनको त केही काम छैन दिनभरि घरै बस्छिन।सबै मेरो मेहनतको फल हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.