Websoft University

फूटवल उपाधि सहनशिल युवा क्लव चप्लेटी चैनपुर २ लाई


मोहन कुमार राई - फाल्गुण २६ गते । रातो तारा डट कम,
संखुवासभाको न्यू हिमचुली युथ क्लव चैनपुर ३ सिद्धकाली द्धारा आयोजित स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधी चैनपुर नगरपालिका वडा नं. २ को सहनशिल युवा क्लव चप्लेटी २ ले हात पार्न सफल भएको छ । 
फागुपूर्णिमा पर्वको अवसर पारेर आयोजना गरिएको सिद्धकालीको प्रकाशेस्वर आधारभूत विद्यालयको खेल मैदानमा भएको खेल प्रतियोगितामा डि.वाइ.सी.क्ल्व पुरानो चैनपुर, चैनपुर  नगरपालिका वडा नं. ७ उपविजेता वन्न सफल भएको छ । 

विजयी टिमहरुलाई प्रथम हुने टिमलाई मादी नगरपालिका ८ निवासी लक्ष्मण लिंथेपले नगद ३५ हजार सहित मेडल, शिल्ड  र प्रमाणपत्रद्धारा पुरस्कृत गर्नुभएको थियो । यसै गरी उपविजेता बन्न सफल टिमलाई सौजन्यकता चैनपुर नगरपालिका ७ निवासी पूर्ण लिम्बूले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो । 

कार्यक्रममा फूटबल खेल प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको खेल आयोजक समितिका अध्यक्ष रेवन्त राज लिम्बूले जानकारी दिनुभयो । 

३ दिन अघि चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सो प्रतियोगितामा जिल्लाका विभिन्न भागबाट १२ टिम खेलमा सहभागी भएको समेत आयोजकले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.