Websoft University

बोलेरो दुर्घटना हुदाँ दुइ जना गम्भिर घाइते


काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम,ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. चारको केत्तुके बजार नजिकै आज विहान वीरगञ्जबाट रुम्जाटारतर्फ जादैँ गरेको बोलेरो दुर्घटना हुँदा दुइ जना गम्भीर घाइते भएका छन् । ०१०२२ च ३१८३ नम्बरको बोलेरोमा सवार १२ मध्ये नौ जना सामान्य घाइते भएका हुन् । दुर्घटनामा एकजना भने सकुशल रहेका जनाइएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा सवारी चालक वीरगञ्जका अनिल कुमार सहनी र सुगन्धी देवी विन रहेका छन् । सामान्य घाइते हुनेमा नेपालगञ्जका विराज थापा, वीरगञ्जका आकाश कुमार, मन्थलीका कपिल मगर र सिद्धिचरण नगरपालिका वडा नम्बर चारका सनम घले, बलबहादुर श्रेष्ठ, राजन घलेलगायत रहेका छन् । दुर्घटनामा परेका ११ जनालाई आज विहानै उद्दार गरी ओखलढुंगा सामुदायिक अस्पतालमा पु¥याइएको थियो । जसमध्ये अहिले आठ जना घाइतेको उपचार भइरहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दुर्घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.