Websoft University

आज चैत ११ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा तथा गतिविधि (लकडाउन)बन्द गरेकोछ–आफु सुरक्षित रहनुहोस अरुलाई पनि सुरक्षित बनाउनु होस्


फ्याल फोटो,
काठमाण्डौ चैत ११ गते । रातो तारा डट कम,नेपालमा थप एकजनामा कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण देखिएपछि थप जोखिम नहोस् भन्नका लागि सरकारले आजबाट नागरिकका गतिविधिमा पूर्ण रोक लगाएको छ । आज बिहान ६ बजेदेखि लकडाउन अर्थात् अत्यावश्यकीय काममा बाहेक सबै गतिविधिमा रोक लगाइएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले चैत ११ गते आजदेखि यही चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । सबै हवाइसेवा बन्द हुनेछन् भने औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कन सरकारले आदेश जारी गरेको छ ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधन बाहेकको आवतजावत कडाइका साथ रोकिने सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक १९ वर्षीय युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सरकारले यस्तो निर्णय गरेको हो । 

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरूमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ । अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने निर्णय सरकारले गरेको छ ।

गरिएका निर्णय कार्यान्वयनका लागि सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिनेछ । रातो तारा डट कम लाई दिएको जान करी अनुसर, आदेशको अपहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत सजाय गर्ने निर्णय सरकारले गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.