Websoft University

विद्यालयहरु बन्द गर्ने निर्णय भएको छैनः शिक्षा मन्त्रालय



काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ । शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ । तर पछिल्लो समय स्कुल तथा कलेज विदा गरिएको, परीक्षा नै स्थगित भएको हल्ला चलेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । चैत्र ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ । स्थितिको नियमित समीक्षा र विश्लेषण भइरहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.