Websoft University

दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयल कार्यवाही सूरु गर्ने



काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने भएको छ । मास्क लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिनुभएको छ । बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.