Websoft University

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपतीको पदभार ग्रहणमा जनप्रतिनिधीहरू नबोलाएको भन्दै अब जनप्रतिनिधिले थाले बिरोधको सुरु


शिव भट्टराई,मोरङ फागुन २४ गते । रातो तारा डट कम, पुर्वाञ्चल विश्वविद्यालयका हालै नियुक्त डा.यादवराज कोइरालाले विश्वविद्यालय रहेको मोरगंको गोठगाउँमा पदभार ग्रहण गरेका छन । चार दिन अघि मात्र नियुक्त भएका उपकुलपति कोइरालाले गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन ।

तर शुक्रबार उपकुलपति कोइरालाले कहाँ र कुन ठाउमा पदभार ग्रहण गरे भन्ने कुरा पुर्वाञ्चल विश्वविधालय रहेको सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद   ढकाल र त्यस क्षेत्रका जनप्रतिनिधिहरु नै बेखबर बनेको  भन्दै रातो तारा डट कम संग  जनप्रतिनिधिले गुनासो गरेका छन ।

सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद  ढकालले  पुर्वाञ्चल विश्वविधालयको कार्यालय गोठगाउमा पहिलो चोटी लामो प्रयासमा आउँदा समेत नगरपालिकालाई थाहा नहुनु पुर्वञ्चल विश्वविधालयमा सत्ता मातको राजनीतिक गन्ध आएको ढकालले आरोप लगाएका छन । 

उनले आफु पुर्वाञ्चल विश्वविधालको सिनेट सदस्य भएको त्यसमा पनि आफु नगरप्रमुख भएको हुँदा समेत आफुलाई केही जानकारी नगराई नेकपाको नेता कार्यकर्ता , टोल कमिटी सदस्य , नेकपाको वडा सदस्यलाई मात्र खबर गरेर पुर्वाञ्चल विश्वविधालय का पदाधिकारीले विश्वविधालयलाई सता पक्षको राजनीतिक गर्ने थालो बनाएको आरोप लगाए । 

सत्ता को चाकडी गर्न आफुलाई उपकुलपतिको पदभार ग्रहण गर्ने भन्ने कुनै जानकारी नगराई विश्वविधालयका कर्मचारीले राजनीति गरेको आरोप लगाए ।

पुर्वाञ्चल विश्वविधालयको कार्यालय गोठगाउमा सरे ता पनि पदभार ग्रहण विराटनगरमै हुन लाग्दा समेत आफुले नयाँ नियुक्त उपकुलपति र रजिष्टारलाई बारम्बार फोन संपर्क गरेर केन्द्र गोठगाउमा सरेको र कानुन समेत पास भईसकेको कारण पदभार गोठगाउमा गर्न आफुले अनुरोध गरेको बताए ।

उपकुलपतिको पदभार ग्रहणमा प्रदेश सांसद राजकुमार ओझा, चुमनारायण तवदार र स्थानिय जनप्रतिनिधी कसैलाई जानकारी नगराई विश्वविधालयका पदाधिकारीहरुको केही नजिकका व्यक्तिहरुलाई मात्र खबर गरेर उपकुलपतिको पदभार ग्रहण गराईएको थियो ।

विश्वविधालयका कर्मचारीको यस्तो रबैया विश्वविधालयमा हुने हो भने विश्वविधालयको भविष्य आगामी दिनमा कता तिर जाने भन्ने नै अन्यौलमा रहेको उनले बताए । उनले आफुले सत्ताको चाकडी गर्ने विश्वविधालयका पदाधिकारीहरुको विगत देखी नै गतिविधी नियालिरहेको बताउदै त्यस्ता कर्मचारीहरुको केही दिनमा नै भण्डाफोर गर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.