Websoft University

भोलि बिहान ८ बजेबाट सुरु हुने एसईई परीक्षा स्थगित


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, भोलि बिहान बाट ८ बजे सुरु हुने एसइइ परीक्षा स्थगित भयो।  यस  वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पुर्ण तयारी पुरा तयारी भइसकेको  थियो  । परीक्षाका निम्ति आवश्यक उत्तरपुस्तिका (कापी), प्रश्नपत्र सम्बन्धित जिल्लामा आइसकेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । जानकारी का लागि समचार  प्रकााशन गरिएको हो। 

देशभरिबाट चार लाख ८२ हजार सात सय सात जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड एसईई नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार नौ सय ९५ परीक्षा केन्द्र विस्तार गरिएका छन् । कुल परीक्षार्थीमध्ये नौ हजार ६ सय प्राविधिक धारका छन् । 

बिहान ८ बजेबाट परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको जाँच हुने जनाएको थियोे । परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्य प्रदेश र स्थानीय सरकारमाहत हुनेछ । जनशक्ति व्यवस्थापन कार्य प्रदेश सरकारले गर्नेछ । परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षाकर्मी, कर्मचारी गरी ६५ हजारभन्दा बढी जनशक्ति खटिने बोर्डले जनाएको छ । 

यो वर्ष एसईई सञ्चालनका निम्ति ५३ करोड ९० लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेट परीक्षा सञ्चालनदेखि प्रमाणपत्र निर्माणसम्मको हो । कोरोना भाइरसको संत्रासका कारण प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिएका छन्। त्यसका लागि मन्त्रालयले प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध गर्न स्थानीय तहलाई अनुरोध गरेको जनाएको छ । 

परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभएको हो । काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी सहभागी हुँदैछन् । काठमाडौंबाट ३६ हजार एक १२ परीक्षार्थी सहभागी हुँदैछन् । मनाङबाट सबैभन्दा थोरै विद्यार्थी सहभागी हुँदैछन् । मनाङबाट ५७ जना परीक्षार्थी सामेल हुनेछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.