Websoft University

जडीवुटीहरुलाई सङ्कलन गरि प्रशोधन गर्ने केन्द्र स्थापना गर्ने, वन राज्य मन्त्री विश्वास


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रदेश नम्बर १ कै पहिलो साझेदारी वन लाटीझोडा साझेदारी वन व्यवस्थापन समुहले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मोरगंको सुन्दरहरैचा नगरपालिका क्षेत्र र केराबारी गाउँपालिकाको बन क्षेत्रलाई समेटेर वनाइएको लाटीझोडा वन व्यवस्थापन समुहको पाँचौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी प्रदेश नं १ का वन राज्य मन्त्री विजयकुमार विश्वासले बन क्षेत्रबाट उत्पादन हुने जडीवुटीहरुलाई सङ्कलन गरि प्रशोधन गर्ने केन्द्र स्थापना गर्ने प्रदेस सरकारले सोच वनाएको वताएका छन्।

उनले सिमा क्षेत्रमा बस्ने मानिसले पनि राजमार्ग उत्तरमा रहेको बनको उपभोग गर्न पाउनुपर्छ भन्ने अवधारणाले साझेदारी बनको विकास भएको र सो अवधारणा सफल हुँदै गएको बताए।

त्यसैगरी कार्यक्रममा अन्य वक्ताहरुले वन क्षेत्रलाई बैज्ञानिक वन व्यवस्थापन प्रणाली अन्तर्गत अघि वढाउदै जानु पर्नेमा जोड दिए । बैज्ञानिक वन व्यवस्थापन नहुँदा बन क्षेत्रमा रहेका पुराना रुख पंखी ,धोधपोंच परेका रुखहरु हुने हुदाँ काठको गुणस्तर समेत कम्जोर हुने तर्फ मध्यनजर गर्दै बैज्ञानिक रुपमै व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा भएको कार्यक्रममा क्षेत्र नं ६ भरिका लाटीझोडा साझेदारी वन व्यवस्थापन समितिमा आवद्ध भएका अध्यक्ष ,सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि ,समाजसेवी साथै जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

लाटीझोडा साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष रुद्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले वन व्यवस्थापनका विषयमा बोलेका थिए। सो कार्यक्रममा समूहकी सदस्य निरा पोख्रेलले स्वागत मन्तव्य राखेकी थिइन् भने सोही समूहकै सदस्य शंकर देवानले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.