Websoft University

कृषिबालीमा नाफा हुने गरी सरकारले मुल्य तोक्ने –नबिके सरकारले किनिदिने



काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,सरकारले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताउनुभएको हो । 

सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताउनुभयो । उहाँले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताउनुभयो । मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताएका बताउनुभयो । 

त्यस्तै सबै किसानले प्राविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्राविधिकको खाली दरबन्दीमा तत्काल पदपूर्ति गर्ने पनि घोषणा गर्नुभएको छ । हाल स्थानीय तहमा करिब ६ हजार कृषि तथा पशु प्राविधिकको दरबन्दी खाली छ । 

मन्त्री भुसालले हरेक किसानलाई पाँच प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गर्नुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.