Websoft University

बस र ट्रक ठोकिदा १४ यात्रु घाईते


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, पृथ्वीराजमार्ग अन्र्तगत तनहु को व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक घाँसीकुवास्थित एक घुम्तीमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक सहित बसमा सवार ११ जना र ट्रकमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये ४ जनाको दमौलीस्थित रत्नहरी अस्पताल र १० जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.