Websoft University

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाईरसको उच्च जोखीम मा रहेको संकेत दिए संगै उदयपुरमा उच्च सतर्कता अपनाउन थालेको छ


गाईघाट  चैत ५  गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाईरसको उच्च जोखीम मा रहेको संकेत दिए संगै उदयपुरमा उच्च सतर्कता अपनाउन थालीएको छ । भारत संगको खुला सिमाना र आवत जावत सहजता को कारण जुनसुकै बेला संक्रमण फैलन सक्ने खतरा रहेको भन्दै सरकार ले प्रदेस जिल्ला र स्थानिय तहलाई संक्रमण फैलन नदिन रोकथाम नियन्त्रण र सतर्कता अपनाउन निर्देशन दिए लगतै स्थानिय प्रशासनको सक्रियतामा तयारी थालीएको हो । 

प्रमुख जिल्ला अधिकारी अधक्ष्य रहेको जिल्ला विपद व्यबस्थापन समिती ले जिल्ला अस्पताल उदयपुरमा तिन सैैयाको र कटारी अस्पताल मा दुई सैया को आईसोलेसन वार्ड र हेल्पडेक्स को स्थापना गरेको छ । त्यसैगरी पा्रथमीक स्वास्थ्य सस्था वेलटार र जिल्ला का सवै स्वास्थ्य केन्द्रहरुमा हेल्पडेक्स स्थापना गर्न निर्देसन दिएको प्रमुख जिल्ला अधिकारी धु्रब वहादुर खड्का ले वताए । उनले जिल्लाका आठ वटै स्थानिय तहमा प्रतिकार्य योजना वनाउने निर्णय समेत गरीएको वताए । कोरोना वाट आवश्यक सर्तकता अपनाउने विधि प्रकृया र उपचार पद्धती वारे छलफल गरी कार्यन्वयन को लागी सवै तहका स्वास्थ्य सस्थामा पत्रचार गरीसकेका छौ् ।  उनले भने ।

  गाईघाट ५ चैत वुधबार देखी सुरु हुने एसईई परिक्षामा उदयपुर बाट ४८ जना विध्यार्थीहरु परिक्षा दिन वंचित भएका छन् । परिक्षाको लागी ६ हजार ३८ जना ले परिक्षा फर्म भरेकोमा ४८ जना को फर्म अस्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाई का शाखा अधिकृत अर्जुन कार्की ले वताए । यो बर्षको एसईई परिक्षा मा उदयपुर मा २६ वटा परिक्षा केन्द्र वाट नीजि तथा सामुदायिक गरी १ सय ४८ वटा विध्यालय का नियमीत तर्फ ५ हजार ६ सय २५ र ग्रेड वृद्धि परिक्षाको लागी ३ सय ६५ विध्यार्थी सहित ५ हजार ९ सय ९० जना ले परिक्षा दिन शाखा अधिकृत कार्की ले वताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.