Websoft University

लेटाङमा सुरक्षीत पोशाक नहुँदा स्वास्थ्यकर्मी नै त्रासमा, संक्रमणको डरले विरामीलाई नै ज्वरो नाप्न लगाइँदै


शिव भट्टराई,मोरङ चैत १२ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमणको त्रास बढेको बेला मोरङको लेटाङ नगरपालिकास्थित प्राथमिक स्वास्थ केन्द्रमा स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बच्ने आवश्यक सामाग्रीहरुको अभाव भएको छ । 

जसका कारण स्वास्थ्यकर्मीहरु नै अस्पतालमा आउने विरामीहरुको जाँच गराउन डराउने गरेका छन् । कोरोना लगायतका भाइरसबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुले लगाउने सुरक्षीत पोसाक(पीपीइ) को अभावका कारण विरामीहरुलाई नछोइकन उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका इञ्चार्ज अनुपम कोइरालाले गुनासो गर्नुभयो ।

हाल अस्पतालले विहान साढे १० बजेदेखि १ बजेसम्म ज्वरोका विरामीहरुको चेकजाँच गर्ने गरेको छ । तर आवश्यक सुरक्षा पोशाक नहुँदा विरमीहरु आफैंलाई ज्वरो नाप्न लगाउने तथा काउन्टरमा समेत परैबाट जोगिएर सेवा दिने गरिएको इञ्चार्ज कोइरालाको भनाइ छ । “पीपीइ समेत एउटा मात्र छ, मास्क, आँखामा लगाउने चस्मा पनि छैन, त्यसलै हामीले विरामीलाई नै सिकाएर ज्वरो नाप्न लगाउने गरेका छौं ।”

कोइरालाले भन्नुभयो । स्वास्थ्य केन्द्रमा रेनकोटबाट बनाइएको गाउन २ थान र पीपीइ १ थान मात्र रहेको तथा आवश्यक सर्जिकल मास्क, पञ्जा लगायतका सामाग्री नहुँदा समस्या भएको उहँको भनाइ छ । सामान खरिद गर्नका लागि नगरपालिकाले भनेपनि सामान नै नपाएको उहाँले गुनासो गर्नुभयो । पीपीआइ, सर्जिकल मास्क लगायतको देशभर नै अभाव रहेकाले गर्दा खरिद गर्न नसकिएको कोइरालाको भनाइ छ ।

यता सोही विषयमा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण्कुमारी निरौलालाई बुझ्दा सामान खरिद प्रकृया अघि बढाइएको भएपनि उपलब्ध नभएकाले समस्या भएको बताउनुभयो ।

यस्तै नगरपालिकाका प्रमुख शंकर राईले जे जति बजेट लागेपनि नगरपालिकाले उपलब्ध गराउने भनिए पनि कहिं कतै सामान नपाउँद समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “के के चाहिने हो सबै किन्नु भनेर भनेको छौं, बरु बजेट मिलाउँला भनेर भनेका छौं ।”

सर्जिकल मास्क पाइएपनि धेरै महंगो भएकाले बेरुजू हुने डरले खरिद नगरिएको मेयर राई बताउनुहुन्छ । “नेपालमा पाइने सामान त लेकै छ हैन, अब नपाएको कारणले हो, मास्के त पाइयो हरेकी तर ८ रुपैयाँको मास्कलाई १७ रुपैयाँको मास्क भन्छ हरे त्यो त किन्न भन्न मिलेन पछि बेरुजू निस्किन्छ नीत” मेयर राईले भन्नुभयो ।

यसैबीच लेटाङ नगरपालिकाले विदेशबाट आएकाहरुको खोजी गर्ने कार्य सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको देशबाट आएकाहरुको खोजी गरि उनीहरुको अवस्था बारे जानकारी लिने कार्य सुरु गरिएको मेयर राईले जानकारी दिनुभयो । 

यस्तै उपमेयर कृष्णकुमारी निरौलाले अत्यावश्यक काम बोहक घरबाहिर ननिस्कन नगरबासीलाई आग्रह गर्नु भएको छ । उहाँले कोरोनाको संक्रमणबाट बच्न घरभित्रै रहनु पर्ने भन्दै अत्यावश्यक काम परे जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.