Websoft University

सिलगुढीबाट फर्केका २१ जनालाई उदयपुरको कटारीस्थीत क्वारेन्टाईनमा राख्ने


श्याम राई-उदयपुर-गाईघाट चैत १२ गते । रातो तारा डट कम,भारतको सिलगुढीबाट फर्केका २१ जनालाई उदयपुरको कटारीस्थीत क्वारेन्टाईनमा राख्ने तयारी गरिएको छ ।

नेपाल–भारत सिमा काकडभिट्टाबाट बस चढेर  आएका उनीहरुलाई बुधबार विहान कटारी बस पार्कमा फेला पारिएको थियो । २१ जना सबै पुरुष भएको र उनीहरु सबै उदयपुरकै ताप्ली गाउँपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

विहान १० बजे नै उनीहरुलाई बस पार्कस्थीत हेल्थ डेक्स मार्फत कटारी अस्पताल लगेर तापक्रम जाचगरि क्वारेन्टाईनमा राख्ने प्रकृया मिलाईएको र तत्काल वडा ३ को वडा कार्यालय राखिएको छ । 

विरामी जस्तो नदेखिए पनि भारतबाट आएको हुदा सतर्कताको लागि उनीहरुलाई कटारी–१ बेलस्रोतस्थीत् नेपाली सेनाको रण शार्दुल गणमा बनाईएको क्वारेन्टाईनमा राख्ने प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले बताए ।

भारतमा मजदुरी गर्दै आएका उनीहरुलाई कटारीमा घर फर्कने क्रममा फेला पारीएको एस.पी. बुढामगरले बताए ।
                                                            



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.