Websoft University

सर्वोच्च अदालतले सरकारले लकडाउनको अवधि बढाएमा अदालतको सेवा पनि कटौती गर्ने


काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम, सीमा नाका र अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारलाई छलफलका लागि यही चैत २४ गते बोलाएको छ । सीमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्दा नेपालीलाई आफ्नो देश प्रवेश गर्न असहज भएको र उनीहरुको मौलिक हक हनन भएको भन्दै अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले रिट दायर गर्नुभएको थियो । 

रिटमा सीमा नाका र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अन्तरिम आदेश माग गरिएको थियो । दुवै पक्षसँग छलफलपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने भन्ने बारेमा सर्वोच्चले निर्णय लिने भएको छ ।

सर्वोच्च अदालतले सरकारले लकडाउनको अवधि बढाएमा अदालतको सेवा पनि कटौती गर्ने निर्णय गरेको छ । आज बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले सरकारले लकडाउनको अवधि बढाए उक्त अवधिसम्म बन्दी प्रत्यक्षीकरणलगायत केही काममात्र गरेर बाँकी काम बन्द गर्ने निर्णय गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.