Websoft University

कोरोना संक्रमित युवती सगैँ आएका युवा इटहरीमा भेटिए



कोरोना संक्रमित युवती सगै आएका एक युवा इटहरीमा भेटिएका छन् । कतार एयरवेजको जाहाजबाट चैत्र ४ गते नेपाल आएकी कोरोना संक्रमित १९ बर्षीया युवतीसगैँ आएका मध्ये एक जना इटहरीको भएको पुष्टि भएको छ ।

इटहरी वडा नम्बर १६ का एक व्यक्ति भएको आधिकारी सूचना आएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले भनिन् एक जना १६ नम्बर वडाबाट सम्पर्क आएका छन् । उनलाई ज्वरो आएकाले बिषेश निगरानी गरिएको उपमेयरले बताइन् ।

कोरोनाको संक्रमण १५ देखि २० दिनपछि पनि देखिने हुँदा उनलाई बिषेश निगरानी गर्न निर्देशन दिइएको उनको भनाई छ । उनलाई कति डिग्री ज्वरो आएको छ । के कस्ता लक्षण देखिएको छ , सबै कुरा बुझ्न स्वास्थ्यकर्मीको टोली पठाइएको गौतमले बताइन् ।

उनका अनुसार इटहरी १४ का एकजना पुरुषमा १०१ डिग्री ज्वोरो आएको छ । उनि भर्खरै बिदेशबाट घर आएका हुन् । उनलाई अहिले स्वास्थ्यकर्मीको सल्लाहा बमोजिम फोन सम्कर्कबाट औषधी उपचार भईरहेको छ । कोरोना लागेको भनेर प्रमाण केही छैन तर आशंका रहेको उपमेयर गौतमले बताइन् ।

त्यसैगरि ४ दिनअघि मात्र इटहरी वडा नम्बर ४ मा विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्नुका साटो ढुक्कले परिवारसंग घुलमिल गरेर घरमै बसिरहेको उनले बताइन् ।

इटहरीको बज्राहमा पनि भारतको संक्रमित क्षेत्रबाट आएका ९ जना घरमै बसिरहेको सूचना आएकाले संक्रमण फैलन नदिन उनिहरुलाई क्वारेन्टाइनमा राख्नका लागि आवश्यक पहल थालिएको उपमेयर गौतमले बताइन् ।

उनले यस्तो संकटका बेला आवश्यक सहयोग गर्न आग्रह गरेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले गालीको साटो आवश्यक सहयोग गर्न नरवासीमा आग्रह गरेकी छन् ।
साभार सञ्चार पाटी डट कम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.