Websoft University

आम नागरीकलाई घर भित्रै बस्न आग्रह


बिराटनगर, चैत्र १२ गते । रातो तारा डट कम,बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखिसकेको सर्व बिदितै छ । कोरोना भाईरसको सक्रमण भएको पत्तो लागे संगै नेपाल सरकारले चैत्र ११ गते देखी १८ गते सम्म लकडाउनको घोषणा गरेको छ । 

कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ-आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिएको छ । हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालय आम नागरीकहरुमा हार्दिक अनुरोध गर्दछ । 

आज चैत्र १२ गते बेलुका ६ बजे सम्म १ नम्बर प्रदेशका बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईन गृहहरुमा कोरोना भाईरसको आशंका गरिएका ११२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् भने आईसोलेसन सेन्टरमा ५ जनाको उपचार भईरहेको छ यसैगरी होम क्वारेन्टाईनमा ६९ जनालाई राखिएको छ । 

नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने २०९ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी ८८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.