Websoft University

केन्द्रीय राहत कोषमा सभामुखको एक महिनाको सुबिदा जम्मा


काठमाण्डौ चैत ११ गते । रातो तारा डट कम,प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु भएको छ । सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै कोषमा रकम जम्मा गर्ने व्यबस्था गर्नुभएको हो । 

संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पुर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो । यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुुगमन गर्नुभयो । 

उहाँले सिंहदरबारस्थित संसद सचिवालयको १ नंबर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.