Websoft University

कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदर्,ै नेपाली सेनाले थाल्यो आन्तरिक तयारी



काठमाण्डौ चैत ११ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले आन्तरिक तयारी थालेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर आन्तरिक तयारीबारे जानकारी गराएको हो ।

सेनाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको आवश्यक तयारी सुरु गरेको जनाएको छ । 

विज्ञप्तिमा लेखिएको छ, कोरोना भाइरस सम्बन्धी कुनै केस आएमा नेपाली सेनाका डाक्टर सहितको रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट सब युनिटहरू तथा अन्य सरकारी निकायसँगआवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ । 

सेनाले कोरोना बारेमा प्रशिक्षण कार्यक्रम गरिएको, क्वारेन्टाइन स्थापना गरिएको तथा रोकथामका उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।  सेना रहेका हरेक ठाउँमा क्वारेन्टाइन स्थापना गर्न जंगी अड्डाबाट निर्देशन दिएकोछ ।  

जिल्ला स्तरमा प्रदेश सरकारसँग समन्वय गरेर क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गर्न सेनाले सहयोग गरिरहेको तथा वडा तहमा पनि ती पूर्वाधार निर्माण गर्न सघाइरहेको सेनाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.