Websoft University

चैनपुर–पोखरी सडक कालोपत्रे हुदा स्थानीयबासी खुशी



मोहन कुमार राई- चैत्र १० गते । रातो तारा डट कम,
सखुवासभा, चैनपुर बाट पोखरी सम्म जोड्ने सडक कालो पत्रे हुन शुरु भएपछि स्थानीय हर्षित भएका छन् । 

धरान–धनकुटा हुँदै चैनपुुर खाँदवारी जोड्ने सडक सँग जोड्ने यो सडक दुई वर्ष अघि उन्नती  प्रोजेकटले सडकको सवबेस सम्मको काम सकाए पछि यो वर्ष सोही सववेस माथी वेस लेयिङ गरी डिविएसटी गर्नु पर्ने कामको जिम्मा बज्र गुरु कन्ट्रक्सनले पाएको छ ।

चैनपुरको जीरो प्वाइन्टबाट पोखरीको दाहालडाँडा सम्म ८ किलोमिटर लम्बाई रहेको यो सडक  स्थानीय सरकारको बजेटबाट ५ करोड ५९ लाखको लागतमा  वन्न लागेको यो सडक २०७५ साल बैशाख  १३ गते चैनपुर नगरपालिका सँग काम अघि बढिरहेको छ ।

व्यापारीक केन्द्रको रुपमा चिनिने पोखरी बजार सँग जोडीने यो सडक वर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे सडक कालोपत्रे हुनेभएपछि स्थानीयवासीहरु खुशी सँगै प्राविधिक ज्ञानको अभावमा बाटो कस्तो बन्ने अन्योलमा छन् ।

कालोपत्रे गर्ने विभिन्न विधिहरुः वटासिल, डिविएसटी, आसपाल, प्रिमिक्स मध्ये यो सडक खण्ड डिविएसटी  (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न लागिएको चैनपुर नगरपालिकाका प्राविधिक रविन राईले वताउनुभयो । यस विधिमा दुई चरणहरु पार गर्नु पर्ने हुन्छ ।

 पहिलो अर्थात फस्ट कोट अन्तरगत प्राइमकोट,फस्टकोट वीटवीन(ट्रयाककोट), टुवान्टी एमएम डाउन – टेन एमएक एभव रिभररन चिप्स हालेपछि फस्ट कोटको काम सिद्धिन्छ भने सेकेण्ड कोट वीट्वीन,  टेन एमएम डाउन, सेभेन एमएम एभव रिभररन चिप्स हालेपछि डिविएसटी को काम पुरा हुने निर्माण कम्पनीका इन्जिनियर मनिस खड्काले वताउनुभयो ।

 बाटो बनेपछि कतिको टिकाउ हुन्छ भन्ने प्रश्न गर्दा बाटोको पुन मर्मत, नाली सरसफाई, यातायातको चाप, गाडीको लोड आदीमा भरपर्ने इ. खड्काले बताउनभयो । 
सडकको दलपे डाँडाको गेट देखि चिहान डाँडा सम्म ट्रायलको रुपमा हालेको प्राइमकोट भए पनि स्थानीयवासीहरुले शुरु स्टेजमा हानेको प्राइमकोट कम्जोर भएको अनुमान गरेपछि सर्व पक्षिय छलफल गरी  ३ सय मिटर बाटो पुन दोह¥यएर बनाएको छ । 

समाजसेवी ज्ञानबहादुर काकीर्,  निर्माण कम्पनीका प्रतिनिधि लक्ष्मण लिङथेप, सञ्चारकर्मी, चेतनशिल नागरिक लगायतको उपस्थिततिमा चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीले स्थलगत रुपमा उपस्थित भई बाटो राम्रो बनाउन सबै पक्ष एकजुट भएको वताउनुभयो । चैनपुरको भाग्य र भविश्य वोकेको यो सडक खण्ड सबै पक्षको उत्तिकै भुमिका रहन जरुरी छ । 

नगर प्रमुख खत्रीले थप्नुभयो । कोठाभित्र बसेर फेसवुक र अनलाइन जस्ता सामाजिक सञ्जालको प्रयोग गर्दै विकास निमार्णको विरोध गर्नु भन्दा कार्यस्थलमा पुगेर कामको मुल्याङकन गर्न समेत नगर प्रमुख खत्रीले सुझाएका छन् ।
यो सडक खण्डलाई हेलचेक्रयाई नगरी गुणस्तरी सडक बनाउन सबैको सहयोग र सुझावका साथ तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि लक्ष्मण लिङ्थेपले जानकारी दिनुभयो । 

सडक विभागका प्राविधिकद्धारा फिल्डटेन्सीटीको कम्प्याक्सन जाच तथा ल्याव टेस्ट, वीट्वीन ल्याव टेस्ट समेत भइसकेको छ । उत्तर दक्षिण सडक विभागले समेत बनिरहेको सडकको चेकजाँच गरिरहेको सडक निर्माण कम्पनीका इन्जिनियर मनिस खड्काले वताउनुभयो ।

तिब्र गतिमा डिविएसटी भैरहेको यो सडक चैत्र महिना भित्रमा सम्पन्न गर्न सकिने अनुमान फिल्ड इन्चार्ज राम प्रसाद यादवले वताउनुभयो । कृषि, पर्यटन, एवं आर्थिक समृद्धिको सम्भाना बोकेको यस सडकले यस क्षेत्रका स्थानीयवासीको भविश्य उज्जल रहनेछ । 

साना दुई पाग्रे  मोटरसाइकल, टेम्पो देखि बस, ट्याक्टर, ट्रक लगायतका  हेभि लोडका यातायात साधन गुड्ने यो सडक निर्माणले यस क्षेत्रममा उत्पादन हुने कृषि उपज, वन पैदावर,निर्यात गरिन्छ भने दैनिक उपभोग्य वस्तुहरु आयत एवं मानिस आवतजावत लगायतको यातायात सुविधामा सहयोग पुग्नेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.