Websoft University

उर्लाबारीमा भीषण आगलागी हुँदा अन्दाजी २० लाखको क्षति



उर्लाबारी मोरङ । रातो तारा डट कम,मोरङ्गको उर्लावारी -८ आम्वारीमा सोमवार साझ भिषण आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् ।

स्थानिय पवित्रा सुब्बा र नविन सुब्बाको घर आगोलागीवाट नष्ट भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । साझ तिर स्थानियवासीले पवित्रा सुब्बाको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए ।

दमक र गौरादह बाट आएका दमकलले आगोलाई २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागी बाट २० लाखको क्षति अन्दाज गरेको प्रहरीले बताएको छ ।विघुत सर्ट भइ आगलागी भएको आशंका प्रहरीले गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.