Websoft University

सहिद स्मारक फुटबल खेलमा खुमलटारको जित


काठमाण्डौ चैत्र ३ गते । रातो तारा डट कम,सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३ १ गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गर्नुभयो । जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा उक्लिएको 
छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.