Websoft University

गाईघाटका सात वटा ग्यास व्यापारी केन्द्रले कृतिम अभाव देखाएर कालो बजारी गर्दै -प्रशासन चै बेखबर ।


गाईघाट चैत ३ गते। रातो तारा डट कम,ब्यापारीहरुले कृतिम अभाब सृजना गर्दै कालोबजारीमा वढी मुल्य लिएर ग्यास बिक्री गर्न थालेपछी  उपभोक्ताहरु मारमा परेका छन् । खाली सिलिन्डर लिएर एक साता देखी ग्यास विके्रता काहा दिनहु धाइरहे पनी उपभोक्ताहरुले ग्यास पाउन सकेका छैनन्।

तर नया खरीद गर्ने लाई भने ब्यापारी ले सहजै ग्यास दिने गरेका छन् । नया खरीद गर्न एक सिलीन्डर ग्यासको ३ हजार ८ सय रुपैया पर्ने गरेको छ । उक्त रकम दिने जोकोही ले जती सुकै परिणाममा पनि सहज रुपमा ग्यास पाउदै आएको छन् । तर खाली सिलीन्डर बोकेर खरीद गर्न जाने उपभोक्ताहरु भने रित्तो हात फकर्ने गरेका छन् । 

उदयपुर सदरमुकाम गाईघाटमा सात वटा ग्यासको अधिकृत विके्रता रहे पनी सबै विके्रता ले ग्यासको कालोबजारी गरी रहेको उपभोक्ताहरु को आरोप छ ।( मैले सबै डिलर मा खोजीनीती गरे तर ग्यास छ भनेर कसैले भनेन,) नया सिलीन्डर लिन्छु भन्ने वितीकै सवैले ग्यास दिन तयार भए) । स्थानिय उपभोक्ता युबराज वस्नेत ले भने। ३ हजार ८ सय रुपैया तिरे पछि नया ग्यास सिलीन्डर लिएको उनले वताए ।

ब्यापारीहरु ले ग्यास भएर पनि कृतिम अभाब सृजना गरेर ग्यासको कालो वजारी गरी रहेको  उनले वताए । ब्यापारी ले ग्यासको कालो वजारी गर्न अहिले  वजार क्षेत्र वाहिर गोदाम परेर ग्यास को  भण्डारण गरेको उपभोक्ता नारायण वुढाथोकी ले बताए । नया किन्ने गा्रहकलाई पसलमा पैसा बुझाएर अर्को ठाउबाट डेलीभरी दिने गरीएको छ । 

ब्यापारी ले स्थानीय प्रसासनको अनुगमन वाट बाच्न को लागी बजार वाहिर मोतीगडा ,वगाहा र देउरीबजारमा गोदाम राखेर ग्यासको भन्डारण गरीरहेका छन् । वजारमा पर्याप्त मात्रामा ग्यास रहे पनी ब्यापारी को  वदमासी ले गर्दा  उपभोक्ता ग्यास पाउन् वंचित  रहेको अबस्थामा प्रहरी प्रसासन मुकदर्शक बनेर बसेको स्थानीय ले गुनासो गरेका छन् ।  हामी ले पटक पटक स्थानीय प्रसासन लाई गुहारे  पनी ग्यासको सहज आपुर्ती हुन् सकेको छैन् । स्थानीय भोला चौधरी ले भने ब्यापारीहरु खुलम खुल्ला ग्यासको कालो बजारी गरीरहेका  छन् । 

तर स्थानिय प्रशासन मौन छन् । उनले भने कालो बजारी रोक्न प्रसासन ले चासो नदेखाउदा ब्यापारी हरु ले ग्यासको कृतिम अभाब सृजना गरीरहेको उनले वताए । त्रिजुगा उधोग वाणिज्य संघ गाईघाटका अधक्ष्य गजेन्द्र भगत ले कोरोना भाईरसको संक्रमण को कारण भारत बाट ग्यास आयात ठप्प हुने भन्दै उपभोक्ताहरु ले आवश्यक भन्दा बढि परिणाममा ग्यासको जोहो गर्ना  ले बजारमा ग्यासको अभाब वताउछन्।

कालोबजारी भैरहेको बारे आफु लाई थाहा नभएको वताउ
छन् । उनले ब्यापारीहरु बाट ग्यासको कालोबजारी भैरहेको बारे आफु लाई थाहा नभएको वताए। कसैले पनी कालो बजारी गर्न हुदैन् त्यस्तो गरेको भए गर्ने  ब्यापारी ले सजाय पाउन  पर्छ ।  उनले भने। अभाब सृजना गरेर उपभोक्तालाई 
दु ः ख दिने काम ब्यापारी  बाट गरीनु हुदैन । अक्ष्य भगत ले भने। प्रमुख जिल्ला अधिकारी धु्रब वहादुर खड्का ले ग्यासको कृतिम अभाब सृजना गरी कालोबजारी गर्ने ब्यापारी माथी छानविन गरेर कार्यबाही गरीने बताए । 

उनले ग्यासको अभाब हुन् नदीन् स्थानिय प्रसासन ले अनुगमन तिब्र रुपमा गरीने वताए । यसै बीच जिल्ला प्रशासन कार्यलय उदयपुर ले सोमबार बिज्ञप्ती जारी गर्दै ग्यास लगायत दैनीक उपभोग्य बस्तुहरुको आयत सहज भैरहेको अबस्थामा कृतिम अभाब सृजना गरेर उपभोक्ता लाई ठगी गर्ने ब्यक्तीलाई कडा भन्दा कडा कार्यबाही गरीने जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.