Websoft University

सहमति नभइ एमसीसी संसदको एजेण्डन बन्न नसक्ने


काठमाण्डौ चैत्र ४ गते । रातो तारा डट कम,सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी दलहरुले टुङ्गयाएपछि मात्रै संसदको एजेण्डा बन्ने दोहो¥याउनुभएको छ । सापकोटाले पत्रकारहरुसँग कुरा गर्नु हुदै, सत्तारुढ दलभित्रै एकमत नभइरहेको सन्दर्भमा एमसीसी संसदको एजेण्डन बन्न नसक्ने बताउनुभयो । दलहरुका बीचमा सहमति भएर आएपछि एमसीसीलाई एजेण्डा बनाउन आफूले सहजीकरण मात्रै गर्न सक्ने सभामुख सापकोटाको भनाइ छ । सभामुख सापकोटाले दलहरुले उम्मेदवार टुङ्गो लगाएपछि मात्रै उपसभामुख चयन प्रक्रिया सुरु हुने पनि बताउनुभयो । सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग आफ्नो असमझदारी नरहेको प्रष्टीकरण पनि दिनुभएको छ । संघीय संसदको कार्यबाहक महासचिव गोपालनाथ योगीलाई तोकिएको विषयमा राष्ट्रिय सभा अध्यक्षले आफूसँग समझदारी नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको सार्वजनिक भएको थियो । तर यस बिषयमा तिमल्सिनासंग कुनै असहमति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.