Websoft University

मेलम्चीको हेडवक्र्सबाट सुरुङ मार्गको परीक्षण सरु


काठमाण्डौ चैत्र ४ गते । रातो तारा डट कम,नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सीमित सुरुङ मार्गको परीक्षण थालिएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवक्र्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएकोहो । 

आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । सुरुङ मार्गको परीक्षणका क्रममा हेडवक्र्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो । एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको हो । परीक्षणमा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । 

सुरुङ मार्गको निरीक्षणपछि बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताउनुभयो । लामो प्रतीक्षा, अन्यौलता र पछिल्लो चरणमा आफूहरुले गरेको मेहेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको मन्त्री मगरको प्रतिक्रिया थियो । अब कुनै कारणले पनि आयोजना नरोकिने उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.