Websoft University

रुम्जाटार र माम्खालाई जोड्ने करिब ६ सय मिटर भन्दा लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययन सुरु


फायल फोटो,  
काठमाण्डौ चैत्र ४ गते । रातो तारा डट कम,ओखलढुंगामा एसियाकै लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययान गरिएको छ । सिद्धिचरण नगरपालिकाको रुम्जाटार र चिशंखुगढी गाउँपालिकाको माम्खालाई जोड्ने करिब ६ सय मिटर भन्दा लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययन गरिएको हो । 

प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन ईन्जीनियर सहितको टोलिले स्थलगत रुपमा पुल निर्माणका लागि सम्भाव्यता अध्ययान गरेको हो । 

आफूहरुले हेरेर फर्किएको थप प्राविधिक टोलि पठाएर त्यसको लागत र प्रभाव सहितको डिपिआर तयार गरेर पुल निर्माण गरिने स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन ईन्जीनियर माधव भटराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सबैभन्दा लामो ५६७ मिटरको पुल बाग्लुङ जिल्लामा निर्माणाधीन अवस्थामा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.