Websoft University

अवैध रुपमा उत्खन्न गर्ने जेसिभि, टिपर र ट्याक्टर नियन्त्रणमा


शिव भट्टराई मोरङ चैत ३ गते । रातो तारा डट कम,विकास गर्ने वाहानामा जनप्रतिनिधिनै प्राकृतिक दोहन गर्न थाले पछि विकास हुन्छ कि बिनास हुन्छ भन्दै स्थानियले सलकपुर सवडिभिजन वन कार्यलयलार्ई खवर गरेपछि चुरे क्षेत्रबाट ढुंगागिटि उत्खन्न गर्दै गर्दा एउटा जेसिभि सहित, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

केरावारि गाउपालीकाले सडक बिस्तार गर्ने भन्दै सुकुना खोलाको मडुवा सिमाक्षेत्रको जंगल क्षेत्रबाट अवैध रुपमा गिटि उत्खन्न गर्दै प्राकृतिक सम्पत्तिको दोहन गर्ने गरेको पार्ईए पछि सव डिभिजन वन कार्यलयले को १ क ३५११ नम्बरको जेसिवि, को १ ख ६०८४ नम्बरको टिपर, को १ त ७१२० नम्बरको जेसिभि सहित, टिपर र ट्याक्टर नियन्त्रणमा सहित सम्पुर्ण चालकलाई नियन्त्रणमा लिएको र आवश्यक कार्वाहि गरिने सव डिभिजन वन कार्यालयका प्रमुख लाल बहादुर माझीले बातए । 

केरावारी गाउपालीकाले आफ्नो सडक बिस्तार गर्ने नाममा सुन्दरहरैचा वाड नम्बर १० क्षेत्रमा बढि उत्खन्न गरेको र प्रहरीलाई जानकारी दिदा पनि प्रहरीले वेवास्ता गरेको पुर्व सांसद चन्द्र बहादुर गुरुंगले बताए ।

केरावारी गाउपालीकाले बिकासका नाममा बिनास गर्न थालेको अवैध ढंगबाट प्राकृतिक सम्पत्तिको दोहन गर्नु र निश्चित नियम भन्दा बाहिर गएर काम गर्नु अमान्य भएको सुन्दरहरैचा कार्यपालीका सदस्य भक्त किरण राईले बताए ।

प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा पाएको स्थानिय सरकारनै दोहन गर्न अनि नियम कानुन मिच्न थाले पछि स्थानिय पनि आक्रोसित बनेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.