Websoft University

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई फेस मास्क वितरण


शिव भट्टराई ,मोरङ । रातो तारा डट कम,विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोना भाईरस संक्रमणले महामारीको रुप लिइरहेको सयममा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा फेस मास्क वितरण गर्न थालिएको छ ।

नेपालमा हाल सम्म पनि कोरोना भाइरसको संक्रमण मानिसहरुमा फेला नपरेपनि उच्च सर्तकता अपनाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ सुन्दरदुलारीले सामुदायिक विद्यालयहरुलाई फेस मास्क बाढ्न थालेको हो ।   
सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका १९बटा सामुदायिक विद्यालयहरुमा फेस मास्क वितरण गर्ने कार्य सुरु भएको सुन्दरहरैचा वडा नम्बर ४मा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्कीले जानकारी दिए । 

कोरोनासंग सम्वन्धी विषय केन्द्रीत कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, विद्यालय , सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई मास्क वितरण गर्ने साथै विद्यालय तथा चौक क्षेत्रमा सचेतना व्यानर उद्योग वाणिज्य संघ सुन्दरदुलारीले राख्ने व्यवस्था मिलाउने जनाइयो । 

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु स्थानीय नेताहरु जीवन ढुंगाना , चैतन्यप्रसाद सिटौला , शैलेन्द्र श्रेष्ठ, जीवन राई ,रामप्रसाद रिजाल ,जनचेतना आधारभुत विद्यालयका प्रध्यानाध्यापक कृष्ण निरौला लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.