Websoft University

अत्यावश्यक सेवालाई सूचारु राख्न उधोग संगठन मोरङको अनुरोध


बिराटनगर चैत ९ गते । रातो तारा डट कम,विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना (कोभिड १९) भाईरसबाट ३ लाख भन्दा वढी व्यक्ति संक्रमित भईसकेका छन भने १० हजार भन्दा वढीको ज्यान गईसकेको छ र सोही अनुपातमा संक्रमितको संख्या दिन प्रतिदिन वढने क्रममा रहेको छ । 

दिन प्रतिदिन वढने क्रममा रहेको यस भाईरसको प्रभावलाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनले यसलाई आपतकालिन स्थितिको रुपमा घोषणा गरी रोकथामका लागि हरसम्भव प्रयास गरीरहेको छ भने भाईरस फैलिन सक्ने उच्च जोखिमलाई दृष्टिगत गर्दै नेपाल सरकारले अत्यावश्यक सेवालाई सूचारु राख्न अनुरोध गरी आमनागरिकलाई सर्तकता अपनाउन आग्रह गरीसकेको छ । 

यस अवस्थाको प्रत्यक्ष्ँ प्रभाव सरकारको आर्थिक विकासको सहयात्रीका रुपमा रहेका नीजि क्ष्ँेत्रका उद्योग व्यवसायमा समेत पर्न जाने भएतापनि यस भाईरसको प्रभाव रोकथाम एवं नियन्त्रण गर्ने उपायहरु अवलम्वन गरी वर्तमान असहज अवस्थालाई सहज वनाउन सरकारलाई सहयोग पु¥याउनु नीजि क्ष्ँेत्र र सर्वसाधारण सबैको दायित्व एवं कर्तव्य हो भन्ने कुरालाई आत्मासात गर्दै व्यवसायिक आचार संहिता भित्र रही आमनागरिकको दैनिक जीवन यापनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरुको पारदर्शि र निष्पक्ष्ँ रुपमा विक्रि वितरण गरी सहज रुपमा उपलब्धता गराउन उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु । साथै वर्तमान जटिल अवस्थालाई मनन गरी यसको न्यूनिकरणका लागि आ–आफनो उद्योग÷व्यवसाय परिसरमा पर्याप्त सुरक्षाका उपायहरु अवलम्वन गरी कोरोना भाईरसको संक्रमणबाट वच्न अपनाउनु पर्ने सावधानीहरुका वारेमा सचेतनामूलक सामाग्रिहरु राख्न समेत उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु । 

अतः विश्वव्यापी महामारीको रुपमा फैलिरहेको यस भाइरसको जोखिमको प्रभावबाट मुलुकलाई सुरक्ष्ँित राख्न नेपाल सरकारका तर्फबाट ल्याएका स्वास्थ्य सम्वन्धि कार्यक्रमहरुमा प्रभावकारी रुपमा सहयोग पु¥याउनु साथै यस महामारीको प्रकोपलाई नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेका कार्यक्रमहरुमा उच्च मनोवलका साथ हातेमालो गरी अघि वढ्न उद्योगी÷व्यवसायी लगायत सर्बसाधारणमा अनुरोध गर्दै सबैलाई सचेत, सजग र सुरक्ष्ँित रहन समेत अपिल गर्दछु । 



   भीम घिमिरे
   अध्यक्ष्ँ
उद्योग संगठन मोरंग

२०७६ चैत्र ०९ गते, आईतवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.