Websoft University

मोरंग व्यापार संघद्वारा सेनिटाइजर वितरण


बिराटनगर  चैत्र ८ गते । रातो तारा डट कम, आइतबार कोरोना भइरस (कोभिड १९)को संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको वर्तमान परिप्रेक्ष्यमा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोक थाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोरंग व्यापार संघले आफ्ना जिल्ला भरिका ९ (नौ) वटा शाखाहरु र प्रदेश तथा जिल्ला स्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गरिदिन रु. १,१०,०००।– (अक्षरेपिः रु. एक लाख दश हजार) बराबरको सेनिटाइजर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

संघको सामाजिक उत्तरदायित्व अनुरुप अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले मोरङ जिल्ला भरी रहेका आफ्ना शाखाहरु रंगेली उद्योग वाणिज्य संघ, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटांग उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लावारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ र केरावारी व्यापार प्रबन्ध समितिका अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरु मार्फत उक्त सेनिटाइजर वितरण गर्नु भएको छ । वितरण कार्यलाई आलो–पालो गर्दै पत्रकार महासंघ, प्रदेश नं. १ र पत्रकार महासंघ, मोरङका अध्यक्षज्यूहरु मार्फत पनि सेनिटाइजर वितरण गर्नु भएको थियो ।

वितरण गर्न संघका अध्यक्षज्यू लगायत निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, विशेष सल्लाहकार श्री सुनिल टिवडेवालाज्यू, उपाध्यक्षद्वय श्री विकास कुमार बेगवानीज्यू र श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का. सदस्यज्यूहरु, शाखाका अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरु, प्रदेश र जिल्लाका पत्रकार महासंघका अध्यक्षज्यूहरु, सञ्चारकर्मीहरु, संघका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

संघले सर्वसाधारणकालागि आफ्नो भवन अगाडी साबुन पानीको व्यवस्था समेत गर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.