Websoft University

रतुवामाईमा जनप्रतिनिधिनै तस्करीमा संलग्न


विराटनगर, फागुन १९ गते । रातो तारा डट कम,रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर दुर्घटना भएपछी सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा आयात गरिएको चिनी फेला परेकाले जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको खुलासा भएको हो । 

यसरी भयो खुलासा 
आइतबार अपराहन्न ३ बजे सोनापुरबाट उर्लाबारी तर्फ जाँदै गरेको मे १ त ८७ १६ नं. को ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको वा २९ प ६८४५ नं. को मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएपछी अत्तालिएका ट्याक्टर चालक चलिरहेको ट्याक्टरबाट हाम फालेर फरार भएपछी दक्षिण तर्फ ढुंगा बोकेर आउँदै गरेको अर्को मे १ त ६४६४ नंम्बरको ट्याक्टर समेत अनियन्त्रीत भएर मोटर साइकललाई पुनः ठक्कर दिएको थियो । 

ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटवाल घाईले भएका थिए । घाईते दुवैजनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटना पश्चात घटना स्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे १ त ८७१६ नं. को ट्याक्टरको डालामा धानको बोराले छापेर भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ क्विन्टल चिनि बरामद गरि नियन्त्रणमा लिएपछी वडा सदस्य मियाँ तस्करीमा संलग्न भएको खुलेको हो । 

घटास्थलमा बरामद गरिएको चिनी धानको बोरा जस्तै देखिने गरि जुटको बोराभित्र राखेर उर्लाबारी तर्फ लगिँदै गरेकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मोहन रायमाझिले जानकारी दिए । ट्याक्टरबाट १ सय ७ धानका बोरासहित बरामद गरेको ५० बोरा चिनी सोमबार विहान प्रहरीले सार्बजनिक गरेको छ ।

तस्करीमा संलग्न ट्याक्टर, चिनी र धान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक रायमाझिले बताए । स्थानीयका अनुसार सिमा क्षेत्रका व्यपारी समेत रहेका वडा सदस्य मियाँकै ट्याक्टर चिनी तस्करीमा प्रयोग भएको हो । स्थानीयले प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले भारतबाट विभिन्न वस्तु अवैध रुपमा नियमित नेपाल भित्रयाएर उर्लाबारी, पथरी, इटहरी, धरानलगायत पूर्वका विभिन्न स्थानमा पुर्याउँदै आएका छन् । वडा सदस्य मियाँको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिए लगत्तै उनी फरार रहेका
छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.