Websoft University

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरे


काठमाण्डौ । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहनुभएका ओलीलाई एक सन्देश पठाउँदै चिनफिङले व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गर्नुभएको हो । 

चिनफिङले उक्त सन्देश पठाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपाका अध्यक्षसेत रहनुभएका प्रधानमन्त्री ओलीसँग दुई देश र दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन चाहेको चिनफिङको सन्देशमा उल्लेख छ । ‘दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढाउनका लागि तपाइसँग सहकार्य गर्न इच्छुक छु । 

विविध क्षेत्रमा द्विपक्षीय सहकार्य अझै गाढा बनाएर दुवै मुलुकका जनताको फाइदाका लागि काम गर्न इच्छुक छु ।’ चिनफिङले सन्देशमा लेख्नुभएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थापाले जानकारी गराउनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.