Websoft University

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने रानेछापका बिबेक थापालाई पक्राउ गर्यो–यस लाई कारवाही कडाहुनु पर्यो।



काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,कोरोना भाइरस (कोभिड १९) बारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जाल मार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

साइबर व्यूरोका अनुसार भ्रमपूर्ण अडियो क्लिप आज बिहान आठ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरीले जनाएको हो । मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ । 

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गराएका थिए ।

यसैविच कोरोना भाइरस(कोभिड(१९)का बिरामी भेटिएको भनेर सामाजिक सञ्जालमा सेयर भइरहेका सन्देश भ्रमपूर्ण भएको नर्भिक अस्पतालले जनाएको छ । सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो भएको स्पष्टिकरण दिँदै अस्पतालले खण्डन गरेको हो । आज विज्ञप्ति निकालेर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानुनी कारबाही गर्न माग गर्नुभएको छ । 

नर्भिकमा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको र त्यसको जाँच गर्ने व्यवस्था पनि नरहेको अस्पताल व्यवस्थापनले जनाएको छ । यस्तै नेपाल प्रहरीले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने जनाएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रम सिर्जना हुने खालका गलत सूचना दिए प्रहरीले कारबाही गर्ने नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले सीआइएनसँग बताउनुभयो ।

बुधबार बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको कोभिड(१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.