शिव भट्टराई,मोरङ चैत ८ गते । रातो तारा डट कम,विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोना भाईरस संक्रमणले महामारीको रुप लिइरहेको सयममा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैचा क्षेत्रमा रहेका विभिन्न वार्डमा मास्क वितरण गर्न थालिएको छ।
नेपालमा हाल सम्म पनि कोरोना भाइरसको संक्रमण मानिसहरुमा फेला नपरेपनि उच्च सर्तकता अपनाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सुन्दर हरैचा मा रहेको पाथीभरा स्वतन्त्र महिला समाजले शनिबार मास्क साथै साबुन वितरण गरेको थियो।
सो संस्थाले सुन्दरहरैचा नगरपालिका वार्ड नं २ ,वार्ड नं ५ र वार्ड नं ९ मा रहेको ऋषिदेव (मुसर) बस्ती, मुस्लिम बस्ती साथै चौधरी बस्तीमा जम्मा १५०० थान फेस मास्क साथै साबुन वितरण गर्दै सरसफाइ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको संस्थाकी अध्यक्ष प्रमिला दुलालले जानकारी दिइन्।
पाथिभारा स्वतन्त्र महिला समाजले अगाडि पनि यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको संस्थाकी सह सचिव सुनिता ढकालले बताइन्।
Post a Comment