Websoft University

कोरोना रोकथामका लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउने मोरङका युवराज पौडेल (भिडियो सहित)



गोपाल काफ्ले पथरी, चैत  ८ गते। रातो तारा डट कम,विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल सम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मी र प्रदेश नम्बर १ सरकारले पूर्वका विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरेको छ । सोहि कार्यलाई सहयो गर्ने उदेश्यले मोरङ सुन्दरहरैचाका युवराज पौडे्लले आफ्नो भर्खरै निमार्ण सम्मन्न हुन लागेको ५ तले घर सरकारलाई दिने नियणय गरेका छन ।

भनिन्छन प्राथना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ भने जस्तै  मोरङ सुन्दरहरैचा ९ विराटचौकका युवराज पौडे्ल सेवा गर्न तयार भएका छन  । नेपाल आर्मी र १ नं. प्रदेश सरकारको पूर्व तयारीलाई साथ दिन पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि निशुल्क उपलव्ध गराउने जनाएका छन् ।

पौडेलले आफ्नो १० कोठा रहेको ५ तले घरमा १०० जना भन्दा बढीलाई आवश्यक्ता परेको खण्डमा उपचार गर्न सक्ने क्षमता रहेको बताए । उनले स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुस गरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने प्रतिवद्धता जनाएका हुन ।

कोरोना भाइरसको संक्रमण चिनमा पहिलो पटक देखा परे सगै अहिले यो विश्वव्यापी रुपमा फैलदै नेपाल सग खुल्ला सिमाना जोडिएको भारतमा समेत संक्रमीत फेला पर्न थाले पछि प्रदेश नम्वर १ सरकारले उच्च सर्तकता अपनाउदै पुर्वी नाका झापा, मोरङ र उदयपुरमा क्वारेनटाइनका निमार्ण गरेको छ ।

संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनगर गर्दै मोरगंको टाँडीमा नेपाली सेना र प्रदेश सरकारको समन्वयमा ६ सय जनालाई राख्न सक्ने गरीको क्वारेन्टाइन स्थापना गरिएको २ नम्वर वाइनिपति याम प्रसाद ढकालले बताउनु भयो ।

टाँडीमा १ सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २ सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना गरिएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.