Websoft University

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७६ चैत ८ गते बसेको बैठकका निर्णयहरु


काठमाडौ  चैत ८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको बैठक महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ चैत्र ८ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारी तथा प्रचार प्रसारका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

विश्वभरी नै कोरोना (COVID-19) को सक्रमण फैलिइरहेको अवस्थामा नेपालमा सक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीहरुवारे संचार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासंघका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । महासंघका तर्फवाट संचार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्रीहरु तयार गर्ने, सुरक्षित रही सही सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र अफवाहपूर्ण प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरिएको छ । यसका लागि अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय तथा अनुगमन संयन्त्र गठन गरिएको छ ।

साथै अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा निवासवाटै कामकाजको व्यवस्था मिलाउन र कार्यालय आउनैपर्नेका लागि सवारी साधनको व्यवस्था मिलाउन सम्वन्धित संचार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरिएको छ । यसैगरी कठिन अवस्थामा सूचना प्रवाहको दायित्व पूरा गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.