Websoft University

रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन


शिव भट्टराई,मोरङ चैत ८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा ३ स्थित गछिया मा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ ६३ औं राष्ट्रिय सहकारी दिवस लाई मध्यजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अग्रणी बचत तथा ऋण सहकारी संस्था, दुलारी बचत तथा ऋण सहकारी संस्था, सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था साथै न्यु नमुना बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएको छ। 

यस रक्तदान कार्यक्रममा वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित रेडक्रस सोसाइटीको  प्राविधिक सहयोग रहेको थियो भने सामाजिक दायित्व अन्तर्गत सहकारी संस्थाहरुले सामूहिक रूपमा यो सामाजिक कार्य सम्पन्न गरेको आयोजकले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.