Websoft University

सुन्दरहरैंचाका ४ युवा संक्रमित युवतीसँगै नआएको पुष्टि


शिव भट्टराई,मोरङ चैत ११ गते । रातो तारा डट कम,सुन्दरहरैंचा ५ का ४ जना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै नआएको खुलेको छ । उनीहरुको कागजात चेकजाँच गर्दा उनीहरु आएको समय नमिलेको वडाध्यक्ष राम रिजालले जानकारी दिनुभयो । 

दिउँसो मेयर शिवप्रसाद ढकाल, वडाध्यक्ष राम रिजालसहितको टोलीले उनीहरुलाई भेटेर गोठगाउँस्थित पीयुको अस्पतालमा लगेर चेकजाँच गराएको थियो । उनीहरुको गोठगाउँस्थित पीयुको अस्पतालमा चेकजाँच गर्दा कुनै लक्षण पनि देखिएको छैन । 

सुन्दरहरैंचा ५ का ४ जनामध्ये २ जना दुवइबाट र २ जना कतारबाट आएका हुन् । ती मध्ये २ जना सुन्दरहरैंचा ५ खोक्सीका, १ जना तीनपैनीका र १ जना तीनपैनीबाट हसिना जाने बाटो नजिकै घर भएका हुन । उनीहरु अंकति ढकाल, सुदीप परियार, सन्दीप विक र साने चौधरी हुन् । उनीहरुलाई कतार र दुवइबाट आउनासाथ काठमाडौंमै चोकजाँच गरिएको समेत पाइएको छ । 

चेकजाँचका क्रममा चिकित्सकले कुनै समस्या नरहेको भनेर प्रमाणपत्र समेत दिएको पाइएको वडाध्यक्ष राम रिजालले जानकारी दिनुभयो ।  उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा चाहिं बस्न र केही समस्या भए जानकारी गराउन भनिएको पीयुका अस्पताल निर्देशक विपेश आचार्याले जानकारी दिनुभयो।

 यसअघि सुन्दरहरैंचा ५ का ४ जना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै  आएको भन्दै फेसबुकमा भ्रम फैलाउने काम भएको थियो । त्यसपछि मेयर ढकाल, वडाध्यक्ष रिजालसहितको टोलीले उनीहरुलाई भेटेर पीयुस्थित अस्पतालसम्म लगेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.